काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको हो ।
यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।
गोप्य शिलबँदी आवेदन पेश गर्दा आफुले लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सक्नेछन् ।