शनिबार, फाल्गुन २,२०८२ 03:05:08
Bizshala
  • शनिबार, फाल्गुन २,२०८२ 03:05:08
Bizshala
Global IME Bank Limited

प्राइम कमर्सियल बैंकको साधारण सभा आज , कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

प्राइम कमर्सियल बैंकको साधारण सभा आज , कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Shivam Cement

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै, सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर र सो बमोजिम बैंकको नियमावलीमा सामयिक संशोधन गर्ने, बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने गाभिने), प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी यसका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह लगायतका विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने आव २०८१/८२ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले गत मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुने योग्य हुनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.