काठमाण्डौ । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८२÷८३ मा ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको यो नाफा गत अघिल्लो आर्थिक वर्ष २०८१÷८१ को तुलनामा २८.४९ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ३ अर्ब २० करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानीमा आएको सुधार र इम्पेयरमेन्ट चार्ज घटेकाले नाफा वृद्धिमा टेवा पुगेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत बढेर ९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको ब्याज आम्दानी ८ अर्ब ९१ करोड रुपैयाँ थियो ।
त्यस्तै, अघिल्लो आवमा २ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज तिरेको यस बैंकले गत आवमा भने १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँ चार्ज तिरेको छ । यसर्थमा बैंकको यस्तो चार्ज ३६.०६ प्रतिशत घटेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज घटेसँगै नाफामा सुधार देखिएको हो ।
बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने सामान्य बढेको छ । अघिल्लो आवमा ५.८१ प्रतिशत रहेको एनपीएल गत आवमा बढेर ६.६९ प्रतिशत पुगेको छ । त्यस्तै, बैंकको पूँजीकोष अनुपात १२.८७ प्रतिशत, कस्ट अफ फण्ड ३.८१ प्रतिशत, सीडी रेसियो ८३.३६ प्रतिशत, रिटर्न अन इक्विटी ११.८० प्रतिशत र बेस रेट ४.९५ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (इपीएस) १६.५० रुपैयाँबाट बढेर १९.६३ रुपैयाँ पुगेको छ । प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.२२ गुणा, तरलता अनुपात २७.७७ प्रतिशत रहेको छ ।
बैंकले सो अवधिसम्म १ अर्ब ९० करोड ७४ लाख रुपैयाँ तिवरणयोग्य मुनाफा छुट्याएको छ । यसर्थमा बैंकको लाभांश क्षमता ९.१० प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।