मंगलवार, माघ १,२०८१ 04:32:39
IME remit
  • मंगलवार, माघ १,२०८१ 04:32:39
IME remit
Global IME Bank Limited

प्राइम कमर्सियल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

Hyundai Nepal
प्राइम कमर्सियल बैंकद्वारा वार्षिक साधारण सभा आह्वान
Nabil Bank Limited

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी मंसिर १९ गते आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यस्तै, सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर र सो बमोजिम बैंकको नियमावलीमा सामयिक संशोधन गर्ने, बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने गाभिने), प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी एक आपसमा मर्ज (गाभ्ने/गाभिने) प्राप्ति (एक्विजिशन) गर्नका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

सभामा आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात तथा नाफा नोक्सान हिसाव, सोही अवधिको नगद प्रवाह लगायतका विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने आव २०८१/८२ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ । 

Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको लाभांश पाउन र सभामा सहभागी हुने योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.