शनिबार, असार १४,२०८२ 11:49:56
  • शनिबार, असार १४,२०८२ 11:49:56
Global IME Bank Limited

ठगी आरोपमा प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यसहित ६ जना पक्राउ

Hyundai Nepal
ठगी आरोपमा प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यसहित ६ जना पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । प्राइम कमर्सियल बैंकका सञ्चालक नरेन्द्र बज्राचार्य पक्राउ परेका छन्। काठमाण्डौको कलंकी ट्रेड सेन्टरको सटर भाडासम्बन्धी विषयमा पौने १४ करोड रुपैयाँ ठगी गरेको अभियोगमा बज्राचार्यसहित ६ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काकाण्डौबाट खटिएको टोलीले काठमाण्डौका विभिन्न स्थानबाट पक्राउ गरेको हो। प्रहरीले निरन्जनकुमार श्रेष्ठ, चिरञ्जिवी पौडेल, शान्तिरमण पंगेनी, राजु महर्जन र राजेशकृष्ण श्रेष्ठ र नरेन्द्र बज्राचार्यलाई पक्राउ गरेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

बज्राचार्य न्युरोड कम्प्लेक्समा रहेको कलंकी डेभलपर्स र मिला ल्याड डेभलपमेटका अध्यक्ष समेत हुन् । बज्राचार्यविरुद्ध कलंकी ट्रेड सेन्टरका व्यापारिक सटरहरुको स्वामित्व हस्तान्तरण गर्ने भनी १३ करोड ७३ लाख ५२ हजार रुपैयाँ ठगेको उजुरी परेको छ ।  

पक्राउ परेकाहरुले ४० लाखमा सटर दिने भन्दै ५ सय जनाभन्दा बढीबाट रकम उठाएको देखिएको छ । काठमाण्डौ जिल्ला अदालतबाट ३ दिनको म्याद थपको अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.