आईतवार, असार १४,२०८३ 11:39:56
Bizshala
  • आईतवार, असार १४,२०८३ 11:39:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईसीएफसी फाइनान्सले फागुन ११ गतेदेखि रु.५० करोडको ऋणपत्र जारी गर्ने

Laxmi Sunrise Bank Limited
आईसीएफसी फाइनान्सले फागुन ११ गतेदेखि रु.५० करोडको ऋणपत्र जारी गर्ने

काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडले आगामी फागुन ११ गतेदेखि कुल ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ लाख कित्ता ‘८ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर’ जारी गर्न लागेको हो।

निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने कम्पनीले जनाएको छ। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात १० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

New Office
CG Motors
Garima Development Bank

७ वर्ष अवधिको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्।

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा फागुन १४ गते र ढिलोमा फागुन २५ गते बैंकिङ समयपछि बन्द हुनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडलाई दिइएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत माघ २१ गते ऋणपत्र निष्कासनका लागि अनुमति प्राप्त गरेको जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.