काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा लक्ष्मी सनराइज बैंक लिमिटेडबीच ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र सार्वजनिक निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टि सेवा प्रदान गर्ने सहमति भएको छ ।
उक्त सम्झौता साउन २९ गते भएको हो ।
लक्ष्मी सनराइज बैंक लिमिटेडले कुल ३० लाख कित्ताको प्रति डिबेञ्चर अंकित मुल्य रु.१००० का दरले हुन आउने रकम रु.३ अर्बबराबरको ऋणपत्र सार्वजनिक निष्काशन गर्नका लागि माछापुच्छ्रे« क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको छ ।
सम्झौता समारोहमा निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी लक्ष्मी सन्राइज बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत पियूष राज अर्यालद्वारा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                