शुक्रबार, कार्तिक १३,२०८३ 02:46:43
  • शुक्रबार, कार्तिक १३,२०८३ 02:46:43
Global IME Bank Limited

स्वाभिमान लघुवित्तले १०० प्रतिशत हकप्रद ल्याउने, चुक्तापुँजी दोब्बर हुने

Bizshala
स्वाभिमान लघुवित्तले १०० प्रतिशत हकप्रद ल्याउने, चुक्तापुँजी दोब्बर हुने
New Office

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ।

लघुवित्तले हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। संस्थाको साधारणसभा आगामी मंसिर १४ गते आयोजना हुनेछ।

सभामा हाल कायम चुक्तापुँजीको १०० प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुनेछ। प्रस्तावअनुसार कायम सेयरधनीले आफूसँग रहेको प्रत्येक १ कित्ता सेयरबराबर थप १ कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन्।

स्वाभिमान लघुवित्तको हाल चुक्तापुँजी १५ करोड ३४ लाख ४५ हजार रुपैयाँ रहेको छ। शतप्रतिशत हकप्रद सेयर पूर्ण रुपमा बिक्री भएपछि संस्थाको चुक्तापुँजी बढेर करिब ३० करोड ६८ लाख ९० हजार रुपैयाँ पुग्नेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यद्यपि हकप्रद निष्कासनका लागि साधारणसभाबाट प्रस्ताव पारित भएपछि सम्बन्धित नियामक निकायको स्वीकृतिसहित आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।

Garima Development Bank
Bizshala
IME remit

कम्पनीले साधारणसभा प्रयोजनका लागि कात्तिक २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार बुक क्लोज हुनुअघिसम्म कायम योग्य सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन्।

हकप्रद निष्कासनको प्रस्तावसँगै कम्पनीको पुँजी आधार उल्लेख्य रुपमा विस्तार हुने देखिएको छ। १ः१ अनुपातको हकप्रद कार्यान्वयनमा आए हालको चुक्तापुँजी एकैपटक दोब्बर हुनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.