काठमाण्डौ । अपि पावर कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको भदौ ७ गते अपरान्ह ४ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को खूद मुनाफाबाट हाल कायम चुक्तापूँजीको ९ प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियमनकारी निकाय विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी २१ औं वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
हाल कम्पनीको चुक्तापूँजी ५७८.६५ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी बढेर ६३०.७२ करोड पुग्नेछ ।
