मंगलवार, फाल्गुन ५,२०८२ 10:37:11
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:37:11
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश स्वीकृत

महालक्ष्मी विकास बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश स्वीकृत
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का महत्वपूर्ण वित्तीय प्रस्तावहरू पारित गरेको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सभाले २०८२ साल आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनसहितका वार्षिक वित्तीय विवरणहरू छलफलपछि स्वीकृत गरेको छ। साथै सञ्चालक समितिको प्रस्तावअनुसार शेयरधनीलाई कुल १०.३७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरिएको छ। यसअन्तर्गत हाल कायम चुक्ता पुँजीको ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) र ५ प्रतिशत बोनस शेयर वितरण गरिनेछ। अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो।

बैंकका अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा २०८१/०८२ मा वित्तीय सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ। आधार दर ९.३९ प्रतिशतबाट घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्म बैंकको कुल निक्षेप ५६.२२ अर्ब रुपैयाँ र कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ पुगेको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभाले सञ्चालक समितिका लागि संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचित गरेको छ। संस्थापक समूहबाट राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ प्रा.लि.को तर्फबाट सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन्। नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्ष चयन गरेको छ।

सभामा अध्यक्ष उपाध्यायले शेयरधनीबाट प्राप्त सुझावलाई आत्मसात गर्दै बैंकका गतिविधिलाई थप परिमार्जन र विशिष्टीकरण गरी ग्राहक सन्तुष्टि र लगानीको उचित प्रतिफल सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरे। उनले बैंकको प्रगति यात्रामा सहयोग पुर्‍याउने सम्पूर्ण शेयरधनी तथा सरोकारवालाप्रति आभार पनि प्रकट गरे।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.