महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नवउद्यम कर्जा सञ्चालनमा
काठमाण्डौ । महालक्ष्मी विकास बैंकद्वारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्देश्यका साथ आकर्षक ब्याजदरमा नवउद्यम कर्जा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफूले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिहरुलाई लक्षित...