आईतवार, फाल्गुन ११,२०८१ 03:30:27
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:30:27
IME remit
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

Hyundai Nepal
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् ।  

बैंकको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषधसम्बन्धी जनचेतनामुलक बोर्डहरु हस्तान्तरण गरिएको छ । वडा क्षेत्रभित्र लागु औषध अपराधसम्बन्धी जनचेतनामुलक बोर्डहरु राखि त्यस्ता कार्यलाई निरुत्साहित गर्न सहयोग पुर्याउने उदेश्यले बैंकले उक्त सहयोग गरेको हो । बैैंकका सुदुरपश्चिम प्रदेश प्रमुख सुनिलकुमार नेपालले ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका कार्यालय प्रमुख गौरी प्रसाद जैशीलाई उक्त बोर्डहरु हस्तान्तरण गरेका थिए ।

बैंकको कोटेश्वर शाखाद्वारा काठमाण्डौ महानगरपालिका –३२, कोटेश्वर समाज सुधार युवा क्लवलाई खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । क्लव भवनमा खानेपानीको धारा जोडिएको तर पानी जम्मा गर्ने ट्याङ्कीको आवश्यकता भएको हुँदा बैंकले उक्त सहयोग गरेको हो । कोटेश्वर शाखाका प्रमुख उत्सव मकाजूले युवा क्लवका अध्यक्ष सुवास कुमार रिमाललाई उक्त ट्याङ्की हस्तान्तरण गरेका थिए ।

त्यस्तै इटहरी शाखाद्वारा इटहरी उपमहानगरपालिका –२०, तरहरा सुनसरीमा अवस्थित बाल बहुभाषिय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल व्याग, कापी तथा अन्य आवश्यक शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । विद्यालयमा न्यून आय स्रोत भएका परिवारका बालबालिकाहरु अध्यनरत भएकाले शैक्षिक आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उदेश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । बैैंकको कोशी प्रदेश प्रमुख दिपककुमार गुप्ताले विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यसैगरि, बैंकको शिशुवा शाखाद्वारा पोखरा मनपा ३० स्थित शिशुवा बजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरिएको छ । शिशुवा बजार क्षेत्रभित्र सम्भावित विभिन्न अपराधिक क्रियाकलाप साथै सवारी दुर्घटनामा समेत नियन्त्रण हुने विश्वासका साथ बैंकले उक्त सहयोग गरेको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले पोखरा मनपा वडा नं. ३० का वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई सिसि क्यामेरा हस्तान्तरण गरेका थिए ।

उल्लेखित कार्यक्रम सँगसगै बैकको हेटौंडा शाखाद्वारा रोटरी क्लबअफ हेटौंडालाई डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । हेटौंडा उपमहानगरपालिकामा अवस्थित टोल, सार्वजनिक बाटोहरु तथा पार्कहरुमा निस्कने फोहोर व्यवस्थापन गरी स्वच्छ र सफा उपमहानगरपालिका बनाउनका लागि बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ ।  

आगामी दिनहरुमा पनि सामाजिक उत्तर दायित्व कार्यक्रमअन्तर्गत सामाजिक,आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैैकले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.