बिहीबार, बैशाख ३१,२०८३ 02:20:08
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:20:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी माघ महोत्सव’ डिजिटल प्रवर्द्धन महिना सञ्चालन गर्ने

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी माघ महोत्सव’ डिजिटल प्रवर्द्धन महिना सञ्चालन गर्ने
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन ‘महालक्ष्मी माघ महोत्सव’ डिजिटल प्रवर्द्धन महिना सञ्चालन गर्ने भएको छ । बैंकले हरेक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिनाको रुपमा मनाउने निर्णय बमोजिम ‘महालक्ष्मी माघ महोत्सव’ मनाउन थालिएको हो ।

दैनिक कुल कारोबार संख्यामा बैंकको डिजिटल कारोबारको संख्या औसतमा ८० प्रतिशत बढी रहेको यस बैंकले यस्तो कारोबारहरुलाई थप वृद्धि गर्न बैंकले डिजिटल सेवामा विभिन्न आकर्षक सुविधाहरु थप गरेको छ । विभिन्न सुविधाहरु मध्ये मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत मुद्धती खोल्दा बढी ब्याजदर प्रदान गर्ने भएको छ । यस अन्तर्गत ग्राहकहरुले मोबाइल एप मार्फत मुद्धती खाता खोल्दा बैंकले व्यक्तिगत मुद्धतीमा प्रदान गर्ने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याजदर प्राप्त गर्न सक्नेछन् । स्मार्ट साथी एपबाट खोलिने व्यक्तिगत मुद्धती खाताहरुमा नेपाल राष्ट्र बैंकको ब्याजदर निर्धारण सम्बन्धी नियमन भित्र रहि ब्याज प्रदान गर्नेछ ।

Bizshala
New Office
CG Motors

त्यसैगरी ‘महालक्ष्मी माघ महोत्सव’ लाई थप उत्साहमय बनाउन भर्चुअल तथा साधारण क्रेडिट कार्ड जारी गर्दा तथा वार्षिक शुल्कमा १०० प्रतिशत छुट प्रदान गर्नेछ ।

साथै, डेबिट कार्ड जारी गर्दा तथा मोबाइल बैकिङ्ग दर्ता गर्दा १०० प्रतिशत छुट प्रदान गर्नेछ । ग्राहकहरुले मोबाइल एप मार्फत फार्मेसीको बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा रु. २०० सम्मको क्यासब्याक प्राप्त गर्नेछन् । अडियो मार्फत भुक्तानी प्राप्त भए नभएको सुचना प्रदान गर्ने ‘कोइली’ दर्ता गर्दा समेत शुल्क लाग्ने छैन । यो अभियान २०८२ साल माघ महिनाको लागि मात्र लागु हुनेछ ।

Garima Development Bank
Shivam Cement
IME remit

यस प्रकारको अभियान बाट बैंकिङ सेवाहरुको पहुँचमा वृद्धि गर्न, डिजिटल सेवालाई थप विस्तार गर्न तथा प्रत्यक्ष रुपमा बैंकमा उपस्थीत हुनुपर्ने बाध्यतालाई न्यूनकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै नगद कारोबारको सिमा घट्दै जाँदा यस अभियानले डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास समेत बैंकले लिएको छ ।

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले यस अघि नै फोन पेसँगको सहयोगमा भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे, युपीआई, फोनपे, गुगलपे आदिको माध्यमबाट यस बैंकले उपलब्ध गराएको क्युआर कोडमा स्क्यान गरी भुक्तानी गर्न मिल्ने ब्यवस्था समेत मिलाएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.