काठमाण्डौ । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खु खोलामा आश्विन १२ गते आएको बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गरेका काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरको छ ।
आश्विन १३ गते बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच चणिकलाल तामाङले जोखिमकाबीच देखाएका अदम्य साहस र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गर्न सकिएको निष्कर्षका साथ तामाङ्गलाई रु. १ लाख नगदसहित सम्मान गरिएको हो ।
यस्ता कार्यले विपतको समयमा नागरिक स्तरबाट सुरक्षित रुपमा उद्घार कार्यमा सहभागिता जनाउन समेत हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।
साथै बैंकले देशैभरि आएको बाढीपहिरोको कारण ज्यान गुमाएका व्यक्तिहरुप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।