बिहीबार, बैशाख ३१,२०८३ 02:19:45
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:19:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, रक्तदानसहित विविध कार्यक्रमको आयोजना

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, रक्तदानसहित विविध कार्यक्रमको आयोजना
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंक आजदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता ¥याली तथा आफ्ना ८ वटा शाखाहरुमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  

यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग –२०२४, श्रृङखला ३ लगायत विभिन्न कार्यक्रमहरु गरी ३० औँ वार्षिकोत्सव सम्पन्न गरिने बैंकले जनाएको छ । यस अवसरमा बैंकले आफ्ना सेयरधनीहरु, ग्राहकवर्ग, नियामक निकाय एवं शुभचिन्तकहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते, आइतबार आठ शाखा कार्यालयहरुमार्फत रक्तदान कार्यक्रम सम्पन्न गरी कुल २९५ पिन्ट रगत संकलन गरेको छ । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उदेश्यले बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।  

त्यस्तै, केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा जेठ ५ गते, शनिबार बिहान ७ः३० देखि ८ः३० बजेसम्म वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

Bizshala
New Office
CG Motors

बैंकले जेठ ७ गते, सोमबार केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरुमार्फत देशको भौगोलिक र सांस्कृतिक  अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानिय भेषभूषामा बंैकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

त्यसैगरि, बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा जेठ गते स्वास्थ्य शिविर र ९ गते आँखाशिविर सञ्चालन गरिनेछ भने विगत २ बर्षदेखि सुरुवात गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको तेस्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङखला ३) १६ टिमको सहभागितामा बैैंकले जेठ २२, २३ र २४ गते सञ्चालन गरिनेछ ।

बैंकको देशभर १०३ वटा शाखा कार्यालयहरु र ७ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.