बुधबार, असार १०,२०८३ 01:23:23
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:23:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा ‘स्क्यान टु क्यास’ सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकद्वारा ‘स्क्यान टु क्यास’ सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ ।  

यसअन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ एपमार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यस बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिने बै.कले उल्लेख गरेको छ । यस सुविधाको विस्तार सँगै परम्परागत रुपमा चेक वा एटीएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

डिजिटल नवप्रवर्तन प्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउँदै बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा अलि पे प्लस नेटवर्क मार्फत क्रस बोर्डर क्यूआर भुक्तानी सेवा समेत यस अघि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतका मुलुकबाट आएका पर्यटकहरुले नेपाल पे क्यूआर स्क्यान गरी आफ्नो देशको डिजिटल वालेटबाट नेपालमा सहज रुपमा भुक्तनी गर्न सक्नेछन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.