काठमाण्डौ । महालक्ष्मीविकास बैंकले दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्न भएको छ । बैंकले ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा अपांगता भएका व्यक्तिहरुको बैंकिङ कारोबारलाई थप सहजीकरण गर्नको निमित्त उपलब्ध स्रोत साधनहरुको अधिकतम प्रयोग गरी बैंकको दरबारमार्ग शाखालाई अपांगमैत्री शाखाको रुपमा विकास गर्ने जनाएको हो ।
साथै, अपांगता भएका व्यक्तिहरुलाई सहज सेवा प्रदान गर्नको लागि दरबारमार्ग शाखामा एक जना कर्मचारीलाई सम्पर्क व्यक्ति तथा फोकल पर्सनको रुपमा खटाइएको छ ।
यस्तै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अपाङ्गता संरक्षण नेपालसँगको सहकार्यमा शारीरिक अपाङ्गता भएका तथा दृष्टिविहिनहरुलाई सहयोग गर्ने उद्धेश्य अनुरुप बैंकको केन्द्रिय कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रमका बीच सेतो छडी लगायतका सामग्रीहरु समेत वितरण गरेको छ ।
यस किसिमका कार्यहरुबाट अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवनयापन गर्न तथा समावेशी तथा दिगो भविष्यको आधार निर्माण गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।