बिहीबार, बैशाख ३१,२०८३ 02:19:52
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:19:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमी सम्मानित

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकको वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमी सम्मानित
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३१ औं वर्पमा प्रवेश गरेको अवसरमा जेठ ४ गतेदेखि १० गतेसम्म महिनाब्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा महिला उद्यमीहरुलाई देशैभरीका विभिन्न शाखा कार्यालयहरु मार्फत विभिन्न कार्यक्रमहरु गरी सम्मान गरेको छ ।

वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुलप्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको हो । यस कार्यबाट उद्यमशिलतालाई समेत प्रबद्र्धन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।  

Bizshala
New Office
CG Motors

यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देशभरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्द्रीय कार्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यत्रमहरुमार्फत ३२० पिन्ट रगत संकलन गरिएको थियो । स्वास्थ्य क्षेत्रमा चुनौतीको रुपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३१ औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको हो ।  

साथ,ै बैंकले जेठ ७ गते बुधबार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरुमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थीत भई सम्बन्धित भेषभुषाको प्रहसन गरिएको थियो । यसका साथै बैंकको केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखाशिविर समेत सञ्चालन गरेको छ । त्यस्तै, केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरुः जस्तै मोवाईल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।  

Garima Development Bank
Shivam Cement
IME remit

वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रुपमा रहेको र  विगत ३ बर्षदेखि सफलतापुर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको चौथो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२५, श्रृङखला ४) २४ टिमको सहभागितामा बैैंकले जेठ २१, २२, २३  र २४ गते सञ्चालन गर्नेछ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.