बुधबार, असार १०,२०८३ 01:18:09
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:18:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको शिशुवा शाखाद्वारा ढोकाथापे चौतारा पुनःनिर्माणका लागि सहयोग प्रदान

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकको शिशुवा शाखाद्वारा ढोकाथापे चौतारा पुनःनिर्माणका लागि सहयोग प्रदान

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले लमजुङ जिल्ला सुन्दरवजार नगरपालिका–३ मा अवस्थित ऐतिहासिक स्थल ढोकाथापे चौतारा पुनःनिर्माण कार्यको लागि सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको हो ।  

महालक्ष्मी विकास बैंक शिशुवा शाखाको अगुवाईमा उक्त कार्य सम्पन्न कार्यक्रमा महालक्ष्मी विकास बैंक शिशुवा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले ढोकाथापे चौतारा निर्माण समितिका अध्यक्ष महेन्द्र अधिकारी र सचिव असिम अधिकारीलाई संयुक्त रुपमा १ लाख रुपैयाँबराबरको चेक हस्तान्तरण गरे ।  

स्थानिय समुदायको अगुवाईमा महालक्ष्मी विकास वैंक र सुन्दरवजार नगरपालिकाको सहयोगमा ऐतिहासिक चौताराकोे निर्माण कार्य सम्पन्न भएको बैंकले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

विसं २००८ सालमै शैक्षिक, सामाजिक अभियान कार्यको प्रारम्भ गर्न प्रेरणा दिने ढोकाथापे समी चौताराको ठाउँमा जगदेखि सुरु गरि गोलाकार संरचनाको चौतारोको पृष्ठभुमिमा नेपालका सातै प्रदेश प्रस्ट देखिने गरि भौतिक रुपमा निर्माण भएको आधुनिक नेपालको नक्शामा वर र पीपलका वृक्ष रोपि ३ खण्डका सिढीसहितको पक्की संरचना तयार गरिएको छ ।

यस ऐतिहासिक चौतारोले सनातन संस्कृतिको संरक्षण गर्नुका साथै आन्तरिक तथा वाह्य पर्यटनको प्रवर्दन गर्नेे विश्वास वैंकले लिएको छ । साथै, आगामी दिनहरुमा पनि देशभर रहेका विभिन्न शाखा कार्यलयहरु मार्फत यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने बैंकले जनाएको छ ।

महालक्ष्मी विकास बैंकले देशभर रहेका आफ्ना १०३ शाखाहरु मार्फत करिब ७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.