काठमाण्डौ । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि केबी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यस समझदारी बाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै, यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन÷अनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्ने बैंकले जनाएको छ ।