सोमबार, श्रावण १८,२०८३ 11:41:47
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:41:47
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको सहयोगमा पोखराको शिशुवा बजारमा सीसी क्यामेरा जडान

महालक्ष्मी विकास बैंकको सहयोगमा पोखराको शिशुवा बजारमा सीसी क्यामेरा जडान
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा म.न.पा. ३० स्थित शिशुवा बजार क्षेत्रलाई समेट्ने गरी सीसी क्यामेरा जडान गरेको छ ।  

महालक्ष्मी विकास वैंक लिमीटेड शिशुवा शाखाको अगुवाईमा उक्त कार्य सम्पन्न भएको हो ।

महालक्ष्मी विकास वैंकका नायव प्रमुख कार्यकारी अधिकृत ध्रुवराज तिवारीले पोखरा म.न.पा. वडा नं. ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीलाई सिसि क्यामेरा हस्तान्तरण गरे ।  

साथै यसको संरक्षण, निगरानी, तथा व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय डाँडाकोनाकको समन्वयमा शिशुवा बजार व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको छ ।

यस कार्यले शिशुवा बजार क्षेत्र भित्र विभिन्न अपराधिक कार्य तथा सवारी दुर्घटनामा नियन्त्रण हुने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि देशभर रहेका विभिन्न शाखा कार्यलयहरु मार्फत यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिने वैंकले जनाएको छ ।

महालक्ष्मी विकास वैंकले देशभर १०३ शाखाहरुमार्फत करिब ७ लाख ग्राहकहरुलाई उच्चस्तरीय विभिन्न वित्तिय सेवाहरु सरलीकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.