बुधबार, असार १०,२०८३ 01:25:01
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:25:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्राहक केन्द्रीत सेवामा अब्बल महालक्ष्मी विकास बैंकले पायो अन्तराष्ट्रिय अवार्ड

Laxmi Sunrise Bank Limited
ग्राहक केन्द्रीत सेवामा अब्बल महालक्ष्मी विकास बैंकले पायो अन्तराष्ट्रिय अवार्ड

काठमाण्डौ । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट”द्वारा ग्राहककेन्द्रीत बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।  

निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्दै उक्त म्यागजिनले सम्मान गरेको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।

New Office
CG Motors
Garima Development Bank

विजनेश कनेक्ट म्यागजिनले व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरु तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाहरुको कभर स्टोरीहरुलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आईरहेको छ । यस सम्मानको प्राप्तिसँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरुमा वित्तीय पहुँचबाट बाहिर रहेका आम नेपाली नागरिकहरुलाई समेत बैंकिङ्ग प्रणालीभित्र ल्याउन सकिने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी”  सञ्चालनमा ल्याएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.