मंगलवार, आश्विन २७,२०८३ 12:16:16
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 12:16:16
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

Bizshala
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासको कात्तिक र मंसिर महिनामा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

सोहीअन्तर्गत बैंकले जेष्ठ नागारिक चौतारी, ठेचो, ललितपुरलाई सुदुरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरुको पुर्ण स्वास्थ्य परिक्षण सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगहरुको रोकथामसम्बन्धी कार्यशाला सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ ।

त्यसैगरी, भदौ महिनामा आन्दोलनको क्रममा क्षेतिग्रस्त भएको प्रहरी वृत सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्नको लागि ५ थान कम्प्युटर सेट तथा ५ थान टेबल बैंकले प्रदान गरेको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

साथै, हुम्ला जिल्लाको सदुरमुकाम सिमकोट देखी ४४ कोष दक्षिण पुर्वको अदानचुली गाउँपालिका वडा न. १ का ६५ घरधुरीका दलित समुदायमा रहेका हलिया, लगी र खलोको रुपमा जीविकोपार्जन गरिरहेको विपन्न वर्गका मानिसहरु, अनाथ बालबालिका, एकल महिला, एकल पुरुषहरुलाई खाद्यान्न पु¥याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट, हुम्लालाई आर्थिक सहयोग गरेको छ ।  

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागलुङ्ग जिल्लामा रहेका भुकृटी माध्यमिक विद्यालय र सल्यान सुखौरा माध्यमिक विद्यालय, झापा जिल्लामा रहेका पृथ्वी माध्यमिक विद्यालय र अरनिको माध्यमिक विद्यालय, गणेशसुर्य आधारभुत विद्यालयमा अध्ययनरत छात्राहरुलाई सुरक्षित र सहज रुपमा शौचालय सुविधा प्रदान गर्नको लागि आधुनिक शौचालय निर्माण गर्ने गरी विभिन्न रोटरी क्लबहरु मर्फत र्बैंकले आर्थिक सहयोग गरेको छ ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

साथै, बालकुमारी आधारभुत विद्यालय, सैंबु, ललितपुरमा अध्ययतरत १८० जना विद्यार्थीहरुलाई जाडोबाट बच्नको लागि १८० थान न्यानो कपडा वितरण गरेको छ । त्यसैगरी, गोरखा जिल्लाको विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई मुनलाईट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा विभिन्न शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

बैंकले गर्दै आएका यस्ता संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरुबाट समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X