सोमबार, श्रावण १८,२०८३ 11:40:56
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:40:56
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पिडितलाई राहत सामाग्री वितरण
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आगलागी पिडितलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले गत वैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको हो ।

बैंकले राहत वितरण गर्ने उदेश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहीे २ लाख ५० हजार रुपैँयाबराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० काटुन चाउचाउलगायतका खाद्यान्नहरु सहयोग गरेको हो ।

बुधबार मटिहानी नगरपालिका वडा नं ६ मा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने ५० जतिअन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ ।  

वैशाख १५ गते मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदिप चन्द« पोखरेलले जनकपुर शाखाका कर्मचारीहरुको सहभागितामा पिडित परिवारहरुलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरुको आधारभूत आवश्यकता पूरा गर्न थोरै भएपनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.