• आईतवार, भाद्र २९,२०८२ 04:50:53
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकको १०२ वटा शाखा पूर्ण रुपमा सञ्चालनमा, डिजिटल सेवा सुरक्षित

Hyundai Nepal
महालक्ष्मी विकास बैंकको १०२ वटा शाखा पूर्ण रुपमा सञ्चालनमा, डिजिटल सेवा सुरक्षित

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्ना १०२ वटा शाखा कार्यालयहरु पूर्ण रुपमा सेवा सञ्चालनमा आईसकेको जनाएको छ । बैंकले १०२ शाखा कार्यालयहरु सञ्चालनमा आउनुका साथै बैंकको सम्पूर्ण डिजिटल सेवाहरु सुरक्षित रुपमा सञ्चालन भईरहेको जनाएको छ ।  

बैंकले विषम परिस्थितिको समयमा घटेका विभिन्न दुःखद घटनाहरुमा भएको जिउधनको क्षतिप्रति दुःख मनाउँदै यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना गरेको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

साथै, उपचारार्थ रहेका सम्पुर्ण घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।  

उक्त घटनाहरुमा सरकारी, सार्वजानिक र निजि सम्पतीहरुमा भएको क्षतिप्रति बैंक गहिरो दुःख प्रकट गरेको छ ।  

साथै, सुरु भईसकेको सरकार गठनको प्रक्रिया चाँडै टुंगिने तथा त्यसले मुलुकको असामान्य अवस्थालाई शीघ्र सामान्य बनाउँदै शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती गर्ने दिशामा सफल हुने विश्वास बैंकले लिएको छ ।  

बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पुर्ण रुपमा क्षतिग्रस्त भएको र उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकि सेवाहरु नजिकको शाखा कार्यालयहरु मार्फत लिन सकिने बैंकले जनाएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.