बुधबार, असार १०,२०८३ 01:27:59
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:27:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा ‘नेपाल दशैं अभियान २०२४’ का विजेताहरु घोषणा

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकद्वारा ‘नेपाल दशैं अभियान २०२४’  का विजेताहरु घोषणा

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले डिजिटल बंैकिङको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरुप सञ्चालन गरेको ‘नेपाल दशैं अभियान २०२४’ का विजेताहरु घोषणा गरेको छ ।  

नेपालीहरुको महान चाँड दशैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको अभियानअन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो ।

New Office
CG Motors
Garima Development Bank

विजेताहरु क्रमशः नारायण कार्की र सन्तोष ध्वजकार्की रहेका छन् । यसअन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियानबाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहनालाई थप अभिवृद्धि गर्न सहयोग पु्ग्ने विश्वास बैंकले लिएको छ ।  

बैंकले यस अभियानमा जोडिएका तथा विजेता बन्न सफल भएका प्रयोगकर्ताहरुलाई सम्रग बैंकको तर्फबाट हार्दिक आभार तथा बधाई ज्ञापन गरेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नितिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.