बुधबार, असार १०,२०८३ 01:24:23
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:24:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने विकास बैंक

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने विकास बैंक

काठमाण्डौ । महालक्ष्मी विकास बैंक भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ ।  

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रिडी सुविधा थप गरेको हो । यससँगै नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यस सुविधा थप गरेसँगै ग्राहकहरुले गर्ने अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुने र यसले गर्दा ग्राहकहरुको आफ्नो कार्डको विवरण अनाधिकृत रुपबाट प्रयोग हुनबाट जोगिने बैंकले जनाएको छ । 

यो सेवाले प्रत्येक कारोबार समेत प्रमाणीकरण हुनेछ । यस प्रक्रियाअन्तर्गत ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाईन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्नको निमित्त इमेल वा म्यासेज मार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (ओटीपी) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ । यो सुविधा सुचारु भएसँगै महालक्ष्मी विकास बैंकको ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउने नीतिको सफल कार्यान्वयनहुने विश्वास समेत बैंकले लिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

थ्रिडी सुविधा थप गर्दा मुख्यतया निम्न फाइदाहरु हुनेछः

–यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरु अनलाइनमार्फत हुने ठगीबाट बच्न सक्नेछ्न ।  

–ग्राहकहरुको वित्तीयजानकारी सुरक्षितहुने साथै अनाधिकृत पँहुचबाट सुरक्षितहुने भएकोले ढुक्कसँग कारोबार गर्न सक्नेछन् ।  

–रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुनेछ ।

–विश्वभर रहेकाहजारौँइ­कमर्श वेभसाइटहरुले भिसा ३डी सुरक्षित रहेका डेबिट तथाक्रेडिट कार्डहरु सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरुले जुनसुकै ठाँउबाट तथाजुनसुकै सयममापनिकिनमेल गर्न सक्नेछ्न ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.