बुधबार, असार १०,२०८३ 01:22:40
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:22:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’को पुरस्कार वितरण सम्पन्न

Laxmi Sunrise Bank Limited
‘महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’को पुरस्कार वितरण सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको ‘महालक्ष्मी विकास बैंक बिज चित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २’  को पुरस्कार वितरण कार्यक्रम आज माघ १० मा सम्पन्न गरेको छ ।  

काठमाण्डौ दरबारमार्गमा आयोजित एक कार्यत्रमका बीच प्रथम, द्धितिय, तृतीय स्थान तथा पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको हो । उक्त प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारस राज बर्जाचार्य तेस्रो हुन सफल भएका छन् । विजेताले प्रमाणपत्रका साथमा क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गरेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन् । उनले प्रमाणपत्रको साथै ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यसका साथै, पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।  

उक्त प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियमानुसार विभिन्न फोटोग्राफरहरू मार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए । प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रतियोगिताको मूल्याङ्कनका लागि छानिएको ३ सदस्यीय निर्णायक समितिमार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो । यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय,उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचार प्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।  

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.