बुधबार, असार १०,२०८३ 01:24:19
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:24:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सौराहामा महालक्ष्मी बैंकका कर्मचारी भेला, मन्दीकाबीच बैंकलाई अब्बल बढाउने रणनीति तयार

Laxmi Sunrise Bank Limited
सौराहामा महालक्ष्मी बैंकका कर्मचारी भेला, मन्दीकाबीच बैंकलाई अब्बल बढाउने रणनीति तयार

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले फागुन २६ देखि २७ गतेसम्म चितवनको सौराहामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । 

संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकहरुको उपस्थितिमा “नेतृत्व/सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता” नामक दुई दिने कार्यशाला गोष्ठी÷सेमिनार सम्पन्न गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यगोष्ठी/सेमिनारमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकारात्मकता बीच आगामी दिनहरुमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरुको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरुको सामूहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको बंैकले जनाएको छ ।  

साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा समेत गोष्ठीमा व्यापक छलफल भएको थियो ।  

उक्त कार्यगोष्ठी÷सेमिनारमा कर्मचारीहरुको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपूर्ण आधारशिला हुन भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरु समेत गरिएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.