बिहीबार, बैशाख ३१,२०८३ 02:21:03
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:21:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोबल मनि विकः महालक्ष्मी विकास बैंकद्वारा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न

Laxmi Sunrise Bank Limited
ग्लोबल मनि विकः महालक्ष्मी विकास बैंकद्वारा देशैभरी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रमहरु सम्पन्न
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले चैत ४ गतेदेखि १० गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका देशै भरी रहेको सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयहरुद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सम्पन्न गरेको हो ।  

यस साताव्यापी अभियानअन्तर्गत बैंकका गोगंबु, धनगढी, चन्द«निगापुर, दमौली, इटहरी, जनकपुर ,विरगंज, दमक, टिकापुर, महेन्द«नगर, बुटवल, लेकसाइड पोखरा, केन्द्रीय कार्यालय लगायतका विभिन्न प्रादेशिक कार्यालयहरुले विद्यार्र्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकासका लगि वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । 

Bizshala
New Office
CG Motors

देशभरी गरिएको कार्यक्रमहरुमा  १२ सय जनाभन्दा बढीको सहभागिता रहेको र उक्त कार्यक्रमहरुमा बचत, कर्जा, लगानी, सफा नोट, विद्युतिय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवाप्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुहरुमा जानकारी गराइएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

साथै, यस बैंकको आधिकारिक सामाजिक सञ्जालका माध्यहरुबाट समेत विभिन्न सचेतनामूलका जानकारीहरु पोष्ट गर्नुका साथै भिडियो सामाग्रीहरु समेत प्रसारण गरिएको छ । यस कार्यबाट किशोर÷किशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.