बुधबार, असार १०,२०८३ 01:20:39
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:20:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकले राउण्ड टेबल नेपालसँग मिलेर खेर गएका कागज पुनःप्रशोधन गर्ने

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकले राउण्ड टेबल नेपालसँग मिलेर खेर गएका कागज पुनःप्रशोधन गर्ने

काठमाण्डौ । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच बैंकबाट दैनिक रुपमा निस्कने डिस्पोजेबल कागजहरु उचित रुपमा विसर्जन गर्ने सम्बन्धमा सहकार्यको सुरुवात भएको छ ।  

पुराना कागजहरु नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनःप्रयोग तथा पुनःप्रशोधनमार्फत वातावरण संरक्षण गर्दै सामाजिक रुपमा पिछडिएका विद्यार्थीहरुको शौक्षिक विकास गर्ने मुल उद्देश्यका साथ उक्त सहकार्य भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

सहकार्यअन्तर्गत राउण्ड टेबल नेपालले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागजहरु संकलन गर्नेछ । यसरी संकलन गरिएका कागजहरु राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनःप्रशोधनको लागि दिइने र सो मार्फत प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीहरुको शिक्षामा पहुँच विस्तार गर्दै शैक्षिक विकासको लागि खर्च गरिनेछ । यसबाट बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौं’ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।  

महालक्ष्मी विकास बैंकको देशभर रहेका आफ्ना १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् । २०८० पुस २८ गते सम्पन्न बैंकको २२ औ वार्षिक साधारण सभाबाट विदेशी बैंक वावित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमाल्याउन प्रस्ताव समेत पारित भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.