बिहीबार, बैशाख ३१,२०८३ 02:20:09
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:20:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राजेश उपाध्याय भन्छन्–‘मौद्रिक नीतिले बैंकहरुको प्रफिट बढाउन मद्दत गर्छ, कर्जा बिस्तारको लक्ष्य प्राप्ति भने चुनौतिपूर्ण’

Laxmi Sunrise Bank Limited
राजेश उपाध्याय भन्छन्–‘मौद्रिक नीतिले बैंकहरुको प्रफिट बढाउन मद्दत गर्छ, कर्जा बिस्तारको लक्ष्य प्राप्ति भने चुनौतिपूर्ण’
Shivam Cement

काठमाण्डौ । नेपाली बैंकिङ सेक्टरमा चिनिएका विश्लेषक राजेश उपाध्यायले राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत लिन खोजेको दिशा सकारात्मक रहे पनि कर्जा बिस्तारमा राखेको लक्ष्य पूरा हुन कठीन पर्नसक्ने बताएका छन् ।  

बिजशालासँग कुरा गर्दै उनले लचक मौद्रिक नीतिका कारण बैंकहरुको प्रफिट बढ्ने, सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने भए पनि निजी क्षेत्रतर्फ १२.५ प्रतिशत राखिएको कर्जा बिस्तारको लक्ष्य प्राप्तिमा भने सकस पर्नसक्ने विश्लेषण सुनाएका हुन् । 

Bizshala
New Office
CG Motors

महालक्ष्मी विकास बैंकको सञ्चालक समितिको अध्यक्ष समेत रहेका उपाध्यायले सेयर बजारमा लगानी गर्न चाहने संस्थागत लगानीकर्ताका लागि सेयर धितो कर्जाको क्याप खारेज हुँदा बजारमा उनीहरुको प्रवेश बढ्ने र यसले समग्र बजारलाई  अझ गतिशील बनाउन सहयोग पुग्ने बताए । गुड लोनको प्रभिजन घटाएर १.१ प्रतिशत झार्नेदेखि निर्माण व्यवसायीमार्फत बैंकहरुलाई परेको अप्ठ्यारो हटाउने  प्रयासले प्रफिटमा योगदान गर्छ । 

यस्तै, नीतिगत दर घटाइएका कारण बैंकको ब्याजदर अझै घट्ने अवस्था बनेको समेत बताए । पूँजीकोषको दवाबमा राहात हुने खालको नीति समेत आएको उनको भनाई छ।

निष्क्रिय वर्गमा वर्गीकरण भएको कर्जा नियमित भइसकेको अवस्थामा ६ महिनापछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरी ६ महिनासम्म सूक्ष्म निगरानी वर्गमा वर्गीकरण गरी उक्त अवधिपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिने व्यवस्थाले समेत बैंकहरुलाई राहात भएको उनको भनाई छ ।  

'चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गर्ने व्यवस्थाबाट समेत बैंकहरुलाई राहात पुग्नेछ ।' उपाध्यायले भने-'यस्ता सबै खालका व्यवस्थाले बैंकहरुको समस्या सम्बोधन भएको छ ।'  

उनले मौद्रिक नीतिले सबै समस्याको समाधान गर्न नसक्ने उल्लेख गर्दै कर्जाको बिस्तारमा धेरै ठूलो फरक पर्न नसक्ने विश्लेषण सुनाए । 'मलाई लाग्छ, तरलताको समस्या अझै बैंकहरुले भोग्नुपर्ने हुन्छ । किनभने अघिल्लो वर्ष कर्जाको वृद्धिदर जति छ, त्यसको डबल हुने लक्ष्य प्राप्त गर्न कठीन देखिन्छ । धेरै राम्रा व्यवस्था हुँदा हुँदै पनि कर्जातर्फ धेरै ठूलो माग सिर्जना हुने अवस्था बन्छ जस्तो लाग्दैन ।'-उनले भने ।  

उपाध्याय एकदुईवटा विषयलाई छाडेर समग्रमा रुपमा हेर्ने हो भने चाहिँ मौद्रिक नीति समय सान्दर्भिक नै रहेको ठान्छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.