बुधबार, असार १०,२०८३ 01:24:07
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:24:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसरमा परिमार्जित सुनचाँदी धितो कर्जा दिने

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसरमा परिमार्जित सुनचाँदी धितो कर्जा दिने

काठमाण्डौ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकले आकर्षक सुविधा रहने गरी परिमार्जित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०२६ लाई लक्षित गर्दै तथा नेपाली बजारमा सुन तथा चाँदी प्रतिको आकर्षण उल्लेखनीय रुपमा बढ्दै गरेको तथा सुनचाँदी गर्जो टार्ने मात्र नभई लगानीको रुपमा पनि प्रयोग गर्न सकिने विकल्पको रुपमा समेत हेरिएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै बैंकले विशेष सुविधा सहित सुनचाँदी धितो कर्जा प्रदान गर्ने भएको हो ।

New Office
CG Motors
Garima Development Bank

कम ब्याजदर, छरितो प्रक्रिया तथा सुरक्षित वित्तीय व्यवस्थापनको प्रतिवद्धतासहित यो सुविधा बैंकले प्रदान गरिने बैंकले जनाएको छ । यस अन्तर्गत ग्राहकहरुले प्रतिस्पर्धी ब्याजदरमा नै सुनचाँदीको धितोमा कर्जा उपभोग गर्न सक्नेछन् । कुनै पनि आधिकारिक बिक्रेताहरुबाट सुनचाँदी खरिद गर्नको लागि समेत बैकले कर्जा प्रदान गर्नेछ । यो योजना अन्तर्गत कर्जाको अधिकतम सिमा रु.५० लाख हुनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकले अझै सहज, छिटो छरितो र भरपर्दो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप हाल यो सेवा न्यूरोड (काठमाण्डौ), न्यूरोड (पोखरा), महाराजगंज, हेंटौडा, भैरहवा शाखाहरु मार्फत प्रदान गरिने उल्लेख गरेको छ । 

यद्यपी सुनचाँदी कर्जाको निवेदन जुनसुकै शाखा कार्यालय मार्फत पेश गर्न सकिनेछ ।  ग्राहकहरूको वित्तीय व्यवस्थापनलाई थप सहज बनाउने विश्वास व्यक्त गर्दै बैंकले भविष्यमा समेत ग्राहकहितमा केन्द्रीत रही बिभिन्न अवसर तथा चाडपर्वहरुमा नविनतम् सेवाहरू उपलब्ध गराँउदै जाने बैंकले जनाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.