सोमबार, श्रावण १८,२०८३ 09:40:18
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 09:40:18
Bizshala
Global IME Bank Limited

ब्याज खर्च बढ्दा महालक्ष्मीको नाफा प्रभावित, खराब कर्जा घटाउने सफलता

ब्याज खर्च बढ्दा महालक्ष्मीको नाफा प्रभावित, खराब कर्जा घटाउने सफलता
New Office

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २७ करोड ८० लाख खूद नाफा आर्जन गरेको छ ।  

अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा करिब ४ करोडले कम हो ।  

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४५ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यो वर्ष घटेर ३९ करोड ५७ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । 

 

समीक्षा अवधिसम्म कम्पनीले इम्पेयरमेन्ट चार्जको रुपमा ९ करोड ३६ लाख बढी रकम प्रभिजन गरेको छ ।  

बैंकको व्यवसाय बिस्तार समेत सुस्ताएको देखिन्छ । यहीकारण अघिल्लो वर्षको यही अवधिसम्म १ अर्ब ४ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी घटेर ८९ करोड २४ लाखमा सीमित बन्न पुगेको देखिन्छ । ब्याज आम्दानी गत वर्षभन्दा केही बढे पनि खर्च समेत त्योभन्दा धेरैले बढ्दा खूद ब्याज आम्दानीमा प्रभाव परेको देखिएको हो ।  

समीक्षा अवधिमा महालक्ष्मी विकास बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १३.३३ रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिको  इपीएस १५.७६ रुपैयाँ रहेको थियो ।  

अप्ठ्यारो अवस्थामा समेत बैंकले खराब कर्जालाई भने घटाउने सफलता पाएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ४.५७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष ४.२१ प्रतिशतमा सीमित बन्न पुगेको हो ।  

समीक्षा अवधिसम्म बंैकले ५३ अर्ब ४ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ५० करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५१ अर्ब ४९ करोड बढी निक्षेप संकलन गरी ३७ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको थियो ।  

बैंकको मूल्य आम्दानी अनुपात २५.५८ गुणा, प्रतिसेयर नेटवर्थ १५४.०४ रुपैयाँ, कुल सम्पत्तिमा प्रतिफल(वार्षिकीकृत) ०.८७ प्रतिशत रहेको छ ।  

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.