इन्फिनिटी लघुवित्तको नाफामा १४४% को सुधार, इपीएस र वितरणयोग्य मुनाफा पनि लोभलाग्दो
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमीटेड पहिलो त्रैमासमा घाटाबाट बौरिँदै नाफा कमाउन सफल भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा यो लघुवित्त वित्तीय संस्थालेम ३ करोड १४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनी ७ करोड १० लाख बढी खूद घाटामा थियो ।

