बिहीबार, आश्विन १५,२०८३ 03:01:22
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 03:01:22
Bizshala
Global IME Bank Limited

खराब कर्जाका कारण मुक्तिनाथ बैंकको नाफा प्रभावित, खूद ब्याज आम्दानीमा वृद्धि

Bizshala
खराब कर्जाका कारण मुक्तिनाथ बैंकको नाफा प्रभावित, खूद ब्याज आम्दानीमा वृद्धि
New Office

काठमाण्डौ । विकास बैंकहरुको  समूहको लिडर कम्पनी मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ४२ करोड खूद नाफा कमाएको छ ।  

अघिल्लो आर्थिक वर्षको यही अवधिमा भने बैंकले ६२ करोड ६२ लाख नाफा आर्जन गरेको थियो । खराब कर्जा बढेर इम्पेयरमेन्ट चार्जको रुपमा कमाएको नाफामध्ये ठूलो रकम छुट्याउनुपर्दा खूद नाफामा प्रभाव परेको देखिएको हो ।  

बैंकले समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्जमा ७८ करोड ६२ लाख राखेको छ । अघिल्लो वर्ष यस्तो चार्जमा ४४ करोड १७ लाख रुपैयाँ मात्र राख्नुपरेको थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

 

अघिल्लो वर्षको यही अवधिसम्म ०.९८ रहेको खराब कर्जाको अनुपात ह्वात्तै बढेर २.५१ प्रतिशत पुगेका कारण समेत नाफा प्रभावित भएको हो ।  

नाफा घटेसँगै कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि घटेर ११.९२ रुपैयाँमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा १७.७७ रुपैयाँ रहेको थियो ।  

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ७२ लाखले नेगेटिभ रहेको छ । अघिल्लो वर्ष ६ करोडले धनात्मक थियो ।  

अप्ठ्यारो अवस्थामा समेत बैंकले खूद ब्याज आम्दानीमा थोरै भए पनि बढोत्तरी गरेको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म २ अर्ब ४ करोड रहेको खूद ब्याज आम्दानी थोरै बढेर यो वर्ष २ अर्ब ८ करोड माथि पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकले १ खर्ब १२ अर्ब निक्षेप संकलन गरी ९६ अर्ब २९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १ खर्ब १६ अर्ब बढी निक्षेप संकलन गरी ९४ अर्ब ४५ करोड बढी कर्जा परिचालन गरेको थियो ।  

समीक्षा अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ३२.२६ गुणा, तरलता अनुपात २१.२५ प्रतिशत, रिटर्न अन इक्वीटी ८.७० प्रतिशत, प्रतिसेयर नेटवर्थ १३७.०३ रुपैयाँ रहेको छ ।  

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.