आईतवार, फाल्गुन ३,२०८२ 08:08:46
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 08:08:46
Bizshala
Global IME Bank Limited

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत(कस्ट अफ फण्ड) भएको विकास बैंक बन्न सफल भएको छ ।  

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८१÷८२ चैत मसान्तसम्म बैंकको कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ  । पछिल्लो आर्थिक वर्षको सोही अवधीमा बैंकको कोष लागत प्रतिशत ७.६२ प्रतिशत रहेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कोष लागत प्रतिशत कम हुँदा सोको सकारात्मक असर आधार दरमा समेत परेको छ । जसअनुसार बैंकको आधार दर  चैत मसान्तसम्म ७.१४ प्रतिशत रहेको छ । जुन प्रायः बैंकहरु भन्दा कम रहेको छ । बैंकको आधार दर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदर समेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँँजी कोषको तुलनामा महालक्ष्मी विकास बैंकको न्यूनतम पूँजी कोष आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्त सम्म १५.७५ प्रतिशत रहेको छ । जुन आर्थिक वर्ष २०८०/८१ चैत्र मसान्तमा १२.७५ प्रतिशत रहेको थियो । न्यूनतम पूँजीकोष बढी भएको अवस्थामा बैंकहरुलाई  जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पूँँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पूँँजीको अभाव नरहने देखिन्छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.