बुधबार, श्रावण ६,२०८३ 09:24:11
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 09:24:11
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्दै गरिमा विकास बैंकको साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै गरिमा विकास बैंकको साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा आज विहिबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको हो ।  

उक्त साधारणसभाले सेयरधनीहरुलाईहाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित)गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  

उक्त साधारणसभाले विकास बैंकको आव २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको विकास बैंकको २०८२ असार मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँड हिसाब, इक्वीटिमा भएको परिवर्तन लगायत सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्नेतथा आ.व.२०८२/८३ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका सामान्य प्रस्तावहरु पारित गरेको छ ।  

त्यसैगरी,साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत हालको अधिकृत पूँजी बृद्धि गरी रु.६ अर्ब १० करोड पुर्याउने, काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं. ३, बालुवाटारमा अवस्थित आफ्नै भवनमा स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने, प्रबन्ध–पत्र, नियमावली संसोधन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।  

हाल विकास बैंकको चुक्तापूँजी रु.५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ र पैसा ५७ रहेकोमा साधारणसभाबाट पारित भएको ६ प्रतिशत बोनस सेयर वितरण पश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी रु.६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ र पैसा २२ पुग्नेछ ।  

बैंकको देशभर १२६ शाखा कार्यालयहरु र ५१ एटीएम रहेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.