शुक्रबार, असार १३,२०८२ 10:43:16
  • शुक्रबार, असार १३,२०८२ 10:43:16
Global IME Bank Limited

एकाबिहानै गरिमासँग दौडियो काठमाण्डौ(फोटो फिचर)

Hyundai Nepal
एकाबिहानै गरिमासँग दौडियो काठमाण्डौ(फोटो फिचर)
Nabil Bank Limited

काठमाण्डौ । मंसिरको जाडो । काठमाण्डौ भर्खरै मात्र ब्यूँझिएको थियो । लाजिम्पाटको सडकमा सेतो टिसर्टधारीहरु बढ्दै थिए । अरुबेला आ–आफ्नै घर डेरा पायक क्षेत्रमा दौडिने स्वस्थ जीवनशैलीका हिमायतीहरु शनिवार बिहान भने दौडिएरै निकै आकर्षक नगद राशिसहितको पुरस्कार जित्ने अभिलाषासहित लाजिम्पाटको सडकमा भेला भएका थिए । व्यवसायिक धावकदेखि प्रभातकालीन समयमा स्वस्थ जीवनशैली पछ्याउनेहरु समेत उत्सुकतापूर्वक त्यहाँ पुगेका थिए ।  

शनिवार बिहानै यस्तो अवसर जुटाइदिएको थियो गरिमा विकास बैंकले । वित्तीय सूचकहरुमा पछिल्लो समय निकै राम्रो प्रगति गर्दै आफ्नो समूहमा अब्बल बन्दै गएको यो विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा पृथक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको नाम राखिएको थियो: 'गरिमा रोड रेस' । 

CG Motors
Muktinath Bikas Bank Limited

प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष १० किलोमिटर तथा कर्पोरेटतर्फ महिला र पुरुष ५ किलोमिटर दूरीको गरी कुल ४ वटा रोड रेस आयोजना गरिएको थियो । यी चारैवटा प्रतियोगितामा ७०० भन्दा बढीको सहभागिता थियो ।  

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वार्षिकोत्सवमा यति धेरै धावकहरुलाई भेला पारी एकाबिहानै काठमाण्डौलाई दौडाउने उद्देश्यले कार्यक्रम आयोजना गर्नु आफैंमा पृथक अभ्यास थियो ।

गरिमाले प्रत्येक वर्षको आफ्नो वार्षिकोत्सवलाई विशेष बनाउने उद्देश्यले रोड रेस प्रतियोगितालाई ‘सिग्नेचर प्रोग्राम’को रुपमा विकास गर्ने उद्घोष गर्दै शनिवार यो कार्यक्रम आयोजना गरेको थियो ।  

गरिमा रोड रेसमा दौडिन विदेशी नागरिकहरु पनि कार्यक्रमस्थल पुगेका थिए । 

गरिमाको यो कार्यक्रम विजेताहरुका लागि राखिएको आकर्षक नगद पुरस्कारका कारण समेत चर्चायोग्य बनेको धावकहरुले बताए । उनीहरुका अनुसार कर्पोरेट सेक्टर वा कुनै बैंक तथा वित्तीय संस्था विशेषले रेस राखेर प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थानमा पर्न सफलहरुलाई क्रमशः रु. ७५०००, ६००००, ४५०००, ३०००० र १५००० नगदसहित पुरस्कृत गरेको यो निकै दुर्लभ घटना हो ।  

बिहानै दौडिएर ७५ हजार रुपैयाँसम्मको नगद जित्ने अवसर सिर्जना हुनु नै एउटा फरक र उत्साहजनक प्रयास रहेको कार्यक्रमका प्रमुख अतिथि तथा किर्तिमानी धावक र ओलम्पियन बैकुण्ठ मानन्धरले बताए । ‘गरिमाको यो प्रयास यसकारण पनि प्रशंसनीय छ कि यसले दौडिनेहरुलाई प्रोत्साहित गरेको छ । दौडिएर करिअर बनाउँछु भन्नेहरुलाई समेत प्रोत्साहन मिलेको छ।’ कार्यक्रमस्थलमा बिजशालासँग कुरा गर्दै मानन्धरले भने–‘यस्ता प्रतियोगिताले स्वस्थ जीवनशैलीका लागि दौडिनु कति महत्वपूर्ण छ भन्ने सन्देश पनि दिन्छ । समग्रमा समाजमा दौडिने निकै राम्रो संस्कारको विकास गर्छ ।’ 

कार्यक्रमलाई सम्बोधन गर्दै गरिमा विकास बैंकका सीईओ माधव उपाध्याय, साथमा डिसीईओ अनिल रेग्मी । 

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव उपाध्यायले समाजमा खेलकूदप्रति सकारात्मक धारणा विकास गर्ने तथा स्वस्थ जीवनशैलीप्रति जागरण गराउने उद्देश्यले बैंकले रोड रेसको सुरुवात गरेको सो क्रममा बताए । उनले यो कार्यक्रम प्रत्येक वर्ष बैंकको वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने र प्रत्येक वर्ष यसलाई थप परिस्कृत, भव्य बनाउँदै लगिने समेत घोषणा गरे ।  

बैंकले वार्षिकोत्सवकै अवसर पारी शुक्रबार देशका विभिन्न ७ स्थानमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियो । सो क्रममा एकैदिन ५६२ युनिट रगत संकलन भएको थियो । यस्तै, सोही अवसरमा विभिन्न शाखाहरुले सामाजिक उत्तरदायीत्व निर्वाहका लागि विभिन्न परोपकारी तथा सामाजिक कार्यक्रमहरु समेत गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.