शुक्रबार, फाल्गुन ९,२०८१ 09:17:07
IME remit
  • शुक्रबार, फाल्गुन ९,२०८१ 09:17:07
IME remit
Global IME Bank Limited

‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’

सिटिजन्स बैंकका सीईओ भन्छन्-'निरन्तर लाभांश बाँड्यौं, अस्तित्व पनि जोगायौं'

Hyundai Nepal
‘बैंकिङमा नयाँ प्रयोग गर्दा 'बैंक अफ दि इयर'को अवार्ड जित्यौं’
Nabil Bank Limited

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ‘बैंक अफ द इयर २०२४’ अवार्ड प्राप्त गरेको छ। बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका 'द बैंकर'ले सिटिजन्स बैंकलाई सन् २०२४ का लागि नेपालको ‘बैंक अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।

'द बैंकर'ले उक्त अवार्ड लण्डनमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरललाई प्रदान गरेको हो ।  

सिटिजन्स बैंकले ल्याएको विभिन्न आधुनिक बैंकिङ प्रडक्ट, रिटेल बैंकिङ क्षेत्रमा बैंकले ग्राहकको सेवा सुविधाप्रति देखाएको प्रतिवद्धता र ग्रामिण, मध्यम तथा साना व्यवसायीलाई उकास्न गरेको प्रयासहरुका लागि उक्त अवार्ड प्रदान गरिएको द बैंकरले प्रकाशित गरेको म्यागजिनमा उल्लेख गरिएको छ ।  

विश्वको बैंकिङ जगतकै प्रतिष्ठित मानिएको अवार्ड प्राप्त गरेसँगै सिटिजन्स बैंकका सञ्चालक, उच्च व्यवस्थापनदेखि कर्मचारीसम्म र सेयरधनीमा समेत उत्साह देखिएको छ । लामो समयदेखि प्रूडेन्ट बैंकिङ गरिरहेको र उद्योगमा अलग्गै पहिचान बनाउन सफल यो बैंकले प्रतिष्ठित अवार्ड पाएपछिका दिनहरुमा कस्तो रणनीतिका साथ अगाडि बढ्ला ? यो अवार्डले बैंकको आगामी कार्यदिशामा कस्तो प्रभाव पार्ला ? लगायतका विषयमा केन्द्रीत रहेर बिजशालाले बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) गणेशराज पोखरेलसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

Shivam Cement
CG Motors
Sagarmatha Cement
बैंक अफ दि इयरको अवार्ड ग्रहण गर्दै सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल । 

सिटिजन्स बैंकले यस वर्षको 'बैंक अफ दि इयर' अवार्ड जित्न सफल भएको छ । यस उपलब्धिलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ? यसमा प्रमुख भूमिका खेल्ने तत्वहरू के थिए?

-'बैंक अफ दि इयर' अवार्ड बैंकिङ क्षेत्रको लागि विश्वकै प्रतिष्ठित अवार्ड भएकोले हामीले प्राप्त गर्न पाउँदा स्वभाविक रुपमा अत्यन्त हर्षित र उत्साहित भएका छौँ। यो अवार्डले हामीलाई थप जिम्मेवार बैंकिङ गर्न प्रोत्साहन र हौसला मिलेको छ । परम्परागत बैंकिङ मात्र नभएर बैंकिङ क्षेत्रमा केही नयाँ सेवासुविधा शुभारम्भ गरौं भन्ने योजनाका साथ १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा फोन पेसँगको सहकार्यमा नेपालमै पहिलोपटक “सिटिजन्स फोन पे क्रेडिट कार्ड ” सञ्चालनमा ल्याएका थियौँ । बास्तवमै यो नयाँ प्रयोग पनि थियो । 'बैंक अफ दि इयर' अवार्ड सिटिजन्स बैंकको उत्कृष्टता, सुदृढ वित्तीय प्रदर्शन, ग्राहक सेवा, र नवीन रणनीतिहरूको उपलब्धि हो । यसलाई प्राप्त गर्न सबै कर्मचारी, ग्राहक, र सरोकारवालाहरूको योगदानले मुख्य भूमिका खेलेको छ। विशेष रूपमा, हाम्रो डिजिटल रूपान्तरण, वित्तीय समावेशीता, र सेवा गुणस्तर सुधारका प्रयासहरूले यो उपलब्धि सम्भव भएको हो।

बैंकको स्थापनाकालदेखि अहिलेको सफलतासम्मको यात्राका प्रमुख मोडहरू र उपलब्धिहरू के-के हुन् ?

-बैंक आजको दिनमा १८ औँ वर्षमा यात्रा गरिरहको छ । यो बिन्दुसम्म आइपुग्दा हामीले धेरै किसिमका उतारचढावहरुको सामना गरेका छौँ । हामीले ६ वटा वित्तीय संस्थाहरु नेपाल हाउजिङ, पिपुल्स फाइनान्स, प्रिमियर फाइनान्स, सहयोगी विकास बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सृजना फाइनान्सलाई हामीमा समाहित गराएका छौँ । सर्वसाधरणलाई शेयर जारी गरेकै बर्षदेखि निरन्तर रुपमा लाभांश वितरण गर्न सफल भएका छौँ । बैंकको अस्तित्व नै नरहने गरी हाम्रो उद्योगमा मर्जरको बाढी आउँदा समेत बैंकको अस्तित्व जोगाउन सफल भएका छौँ ।  

अबको ५ वर्षका लागि सिटिजन्स बैंकले के-कस्ता प्राथमिकता र रणनीतिहरू निर्धारण गरेको छ ?

-आगामी वर्षहरुमा डिजिटल रूपान्तरण र प्रविधिमा थप लगानी गर्दै डिजिटल सेवाहरूलाई सरल र प्रभावकारी बनाउँदै लाने योजना रहेको छ। नयाँ शाखाहरुको विस्तारसँगै ग्राहक सेवा केन्द्रहरूको स्थापना गर्ने, ग्राहकहरुको अपेक्षाअनुरुपको सेवाहरू उनीहरुमाझ ल्याउने, वातावरणमैत्री बैंकिङ अभ्यासलाई प्राथमिकतामा राखी कार्यहरु गर्दै जाने योजना रहेको छ ।

बढ्दो प्रतिस्पर्धाको समयमा सिटिजन्स बैंकलाई अरू बैंकहरूबाट फरक र अगाडि बनाउने विशेषता के हो ?

-हामीलाई अरु बैंकहरूबाट फरक र अगाडि बनाउने भनेको हाम्रो  ग्राहक केन्द्रित रणनीति र उच्चस्तरको सेवा नै हो । ग्रामीण र शहरी क्षेत्रलाई समान रूपमा प्राथमिकता दिँदै अघि बढ्ने हाम्रो दृष्टिकोण, प्रविधिमा आधारित सेवा, सहज डिजिटल बैंकिङ आदिले हामीलाई अरु बैंकहरूभन्दा फरक तुल्याएको छ । समर्पित र अनुभवी नेतृत्व टोली र कर्मचारीहरुले पनि हामीलाई अरुभन्दा फरक र अगाडि बनाएको छ।

ग्रामीण क्षेत्रहरूमा वित्तीय पहुँच पुर्‍याउन र वित्तीय समावेशिता बढाउनका लागि के-कस्ता कदम चाल्नुभएको छ?

-ग्रामीण क्षेत्रमा बाटो नभएको कृषियोग्य जमिन धितो राखेर ऋण लिनको लागि हामीले फास्ट ट्र्याक लोनको व्यवस्था करिब एकदशकअघिदेखि नै गरेका थियौं। ग्रामीण भेगका ग्राहकहरुलाई बैंकमा नआई नै कारोबार गर्न सकिने मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलागयतका सेवासुविधा उपलब्ध गराएका छौँ । कृषि, साना तथा मझौला उद्यम, र उद्यमशीलतालाई प्रोत्साहन गरिरहेका छौँ  ।'Virtual credit card   & Health & wealth saving account  जस्ता योजनाहरू ल्याएका छौँ, जसले स्थानीय समुदायलाई सशक्त पार्ने काम गरेको छ।  

अवार्ड प्राप्त गरेपछि पाण्डे र पोखरेल । 

डिजिटल बैंकिङ सेवामा सिटिजन्स बैंकको अहिलेसम्मको प्रगति र आगामी योजनाहरू के-के छन् ?

-आधुनिक युग अनुसार Digital युगमा Citizens Bank  पनि प्रवेश गरेको छ । हामीले Digital Banking लाई दुई भागमा बाडेका छौ । Internal Process र External Customer Experience  । External Customer Experience मा ग्राहकको पहुँच पुग्ने गरीMobile Banking, Internet Banking (Retail and Corporate), Self Service KIOSK  र Website बाट सेवाहरु प्रदान गरिराखेका छौ भने Internal मा digitization, paperless र Full process automation कार्यको काममा अगाडि बढिराखेका छौ  ।

अबको युग भनेको एआईको युग हो । ग्राहकहरुकोे 360 view, ग्राहकको behavior र कारोबारलाई अनुगमन गर्ने गरी Customer data Analytics, Behaviour, Prediction र prospect customer  थाहा पाउने गरी information र full internal work digitization र Automation, data analytics, Robotic Process Automation, text to speech जस्ता AI tools को प्रयोग गर्दै Banking with AI को नयाँ युगमा प्रवेश गर्ने गरी भावी योजना बनाएका छौ ।

ग्राहकअनुभव सुधार गर्न प्रविधिको भूमिकालाई कसरी उपयोग गरिरहनुभएको छ?

-ग्राहकहरुलाई बैंकमा नआइकन नै कारोबार गर्न सकिने मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्गलागयतका सेवासुविधा उपलब्ध गराएका छौँ । बैंकमा आएतापनि लाइनमा नबसी नै लिन मिल्ने सुविधाहरु जस्तै, किओस्क चेक डिपोजिट मेसिन, नगद डिपोजिट मेसिनजस्ता सेवाहरु प्रदान गरिरहेका छौँ । 

अहिले नेपालको बैंकिङ क्षेत्रमा देखिएका प्रमुख चुनौतीहरू के हुन् ? यी समस्याको समाधानका लागि सिटिजन्स बैंकको दृष्टिकोण के छ ?

-बढ्दो प्रतिस्पर्धासँगै बैंकिङ क्षेत्रले थुप्रै चुनौतिहरुको पनि सामना गरिरहेको छ । डिपोजिट र कर्जाको माग तथा तरलताबीच सन्तुलन नहुँदा विभिन्न किसिमका समस्याहरु आइरहेका छन् । बैंकिङ क्षेत्रमा डिजिटलाइजेशनसँगै डिजिटल साइबर सुरक्षाका जोखिमहरु पनि निम्तिरहेका छन् । यी समस्याको समाधानका लागि जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै , नवीन रणनीति र प्रभावकारी नीतिहरूको कार्यान्वयन गर्दै जाने योजना रहेको छ ।  

NPL व्यवस्थापन गर्न बैंकले अपनाएका रणनीतिहरू के हुन् ?

-ग्राहकहरूको समस्या समाधानमा सक्रियभई सहमतिमा कर्जा पुनर्संरचना।  

-प्रभावकारी असुली टोलीद्वारा समयमै समस्या समाधान।  

-जोखिम न्यूनीकरणका लागि कर्जाको प्राथमिक मूल्यांकनमा सुधार।  

सिटिजन्स बैंकले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्राथमिकता दिने क्षेत्रहरू के हुन् ?

-संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा बैंकले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । शिक्षा क्षेत्रमा छात्रवृत्ति र विद्यालयहरूमा भौतिक पूर्वाधार बिस्तार गर्दै आएको छ, स्वास्थ्य क्षेत्रमा स्वास्थ्य शिविरको संचालन र सामुदायिक अस्पतालहरुलाई सहयोग, पर्यावरण संरक्षणका लागि वृक्षारोपण, सरसफाई अभियान साथै विपद् व्यवस्थापन र पुनर्निर्माण कार्यहरुमा पनि योगदान दिँदै आएको छ ।

हरित बैंकिङको अवधारणा लागू गर्न बैंकले कस्तो प्रयास गरिरहेको छ ?

-सिटिजन्स बैंकले स्थापनाकालदेखि नै हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको छ तथा बैंकले एकल लगानीका साथै आफ्नो अगुवाई, सहअगुवाई  तथा अन्य बैंकहरुसँगको सहकार्यमा सहवित्तीयकरणमार्पmत कर्जा लगानी गरिरहेको छ । हालसम्म निर्माण सम्पन्न भएका १२४.५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधीन ५१६.५७४ मेगावाट क्षमताका १६ वटा आयोजनासहित जम्मा ६४१.११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा यस बैंकको लगानी रहेको छ । सिटिजन्स बैंकले हाल सम्म १५ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सहअगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंकको रुपमा र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी गरेको छ। साथै कागजविहीन बैंकिङ प्रक्रियालाई प्रोत्साहन गर्न बैंकले स्मार्ट बचत खाता संचालनमा ल्याएको छ। जनवरी १, २०२४ देखि वर्षभरि खोलिने प्रत्येक स्मार्ट बचत खाताको नाममा एक रूख रोपिने योजना बैंकले संचालन गरिरहेको छ । हरित कर्जा परियोजनाहरूमा पनि उत्तिकै प्राथमिकताका साथ लगानी गरिरहेको छ।  

अवार्डपछि नेपाल फर्किएर बैंकका कर्मचारीसँग खुशी साट्दै सीइओ पोखरेल । 

'बैंक अफ दि इयर' अवार्डले आगामी दिनमा बैंकको रणनीति र काम गर्ने शैलीमा कस्तो प्रभाव पार्नेछ ?

-बैंक अफ द इयर अवार्ड २०२४ ले सिटिजन्स बैंकलाई थप प्रेरणा र जिम्मेवारी दिएको छ।  बैंकको रणनीति र काम गर्ने शैलीमा यसले सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ । यस उपलब्धिले बैंकलाई  थप प्रतिबद्ध बनाउनेछ ।  

निश्कर्षमा भन्नुपर्दा सिटिजन्स बैंकका लागि गर्वको क्षण हो बैंक अफ द इयर अवार्ड २०२४ । यो उपलब्धि हाम्रो ग्राहक केन्द्रित समाधानहरू, डिजिटल आविष्कार  र नेपालको पहिलो भर्चुअल क्रेडिट कार्डको प्रतिबद्धता दर्शाउँछ । हामी वित्तीय समावेशीकरण, दिगो बृद्धि र विकसित ग्राहक आवश्यकताहरू पूरा गर्न समर्पित छौं। आधुनिक बैंकिङमा नेतृत्व गर्न हाम्रा ग्राहक र कर्मचारीलाई धन्यवाद दिन चाहान्छु  ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.