काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बैंकका ग्राहकहरुलाई विशेष छुट दिने उद्देश्यले काठमाण्डौको नागपोखरीमा ई–स्पोर्ट नेपालसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरू, प्रिभिलेज कार्डवाहकहरू र मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले ई(स्पोर्ट नेपालका सबै आउटलेटहरूमा ईभी चार्जिङमा ५ प्रतिशत र खानामा ५ प्रतिशत सहित १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यो सहकार्यले ग्राहकहरु लाभान्वित हुने मात्र नभई नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ लाग्न पनि प्रोत्साहन गर्ने विश्वास बैंकको छ ।