आईतवार, चैत्र १,२०८२ 03:23:44
Bizshala
  • आईतवार, चैत्र १,२०८२ 03:23:44
Bizshala
Global IME Bank Limited

नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न

Hyundai Nepal
नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न
Shivam Cement

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न भएको छ ।  

फागुनको २९ गते शुक्रबार देखि फागुन ३० गते शनिबार  दुई दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिता सफल रुपमा सम्पन्न भएको छ । उक्त इन्डोर क्रिकेट प्रतियोगितामा व्यवस्थापन समूह अन्तरगत ८ टिम गरि विभिन्न बैंककै ८४ जना विभाग तथा शाखाहरुका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।  

उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस्तो कार्यक्रमहरूले संस्थाको संस्थागत संस्कारलाई मजबुत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धता समेत झल्काउछ र साथै, संस्थाभित्र अनुशासन, आपसी सहकार्य तथा स्वस्थ जीवनशैलीलाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

साथै उक्त प्रतिोगिताको विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम प्रमुख कार्यकारी अधिकृतले गर्नु भएको छ । बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू मार्फत कर्मचारीहरूबीच आपसी सहकार्य, सकारात्मक ऊर्जा तथा संस्थागत एकतालाई अझ सुदृढ बनाउने विश्वास लिएको छ ।

‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यस अघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सी.आर.एन् नम्बर सेवा लिन सकिने सुबिधा लगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ९७ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.