शनिबार, श्रावण २३,२०८३ 10:03:45
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 10:03:45
Bizshala
Global IME Bank Limited

यी दुई कम्पनीको सेयर आज किने घोषित लाभांश पाइने

यी दुई कम्पनीको सेयर आज किने घोषित लाभांश पाइने
New Office

काठमाण्डौ । दशैंअघिको अन्तिम कारोबार दिन लाभांश घोषणा गरिसकेका कम्पनीको सेयर सुरक्षित गरी रिटर्न बुक गर्न चाहनुहुन्छ भने तपाईका लागि सिटिजन्स बैंक र युनिलिभर नेपाल लिमीटेड विकल्प हुनसक्छन् । किनभने यी दुवै कम्पनीले साधारणसभा प्रयोजनका लागि तोकेको बुक क्लोज मितिअघि आज मात्र दोश्रो बजारमा कारोबार हुनेछ । 

सिटिजन्स बैंकले असोज २९ गते र युनिलिभर नेपाल लिमीटेडले असोज २८ गतेलाई बुक क्लोज मिति तोकेको छ । आज(असोज २३ गते) दोश्रो बजारमा कारोबार भएपछि बजार अब दशैंविदापछि मात्र खुल्छ । तसर्थ, यी दुवै कम्पनीले घोषणा गरेका लाभांश सुरक्षित गरी सेयरधनी बन्न चाहनेले आज कारोबार समयभित्र यी दुई कम्पनीको सेयर किनिसक्नुपर्नेछ ।  

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आगामी कात्तिक १२ गते काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसनमा आफ्नो १८ औं वार्षिक साधारणसभा बोलाएको छ ।

 कम्पनीले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश वितरण अजेण्डा पारित गर्दैछ । यो पटक बैंकले मर्जर र एक्वीजिसनको प्रस्तावलाई समेत पारित गर्ने योजना बनाएको छ।

उता, युनिलिभर नेपाल लिमीटेडले भने आगामी कात्तिक १२ गते नै काठमाण्डौको बानेश्वरस्थित द एभरेष्ट होटलमा ३१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  

सभाले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  

यसरी सिटिजन्सको बोनस सेयर र युनिलिभरको नगद लाभांश प्राप्त गर्न चाहनेले आजै दोश्रो बजारबाट सेयर किनिसक्नुपर्नेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.