लाभांश पारित गर्न युनिलिभर नेपालले डाक्यो साधारण सभा, बुक क्लोजको मिति पनि तय
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ३२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २५ गते सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा दिउसो ४.३० बजेदेखि सुरु हुनेछ । सभामा गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।