मंगलवार, आश्विन १३,२०८३ 04:30:18
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 04:30:18
Bizshala
Global IME Bank Limited

युनिलिभर नेपालद्वारा बाढी प्रभावितलाई सहयोग, उद्धार कोषमा ५ करोड र सरसफाइ सामग्री प्रदान

Bizshala
युनिलिभर नेपालद्वारा बाढी प्रभावितलाई सहयोग, उद्धार कोषमा ५ करोड र सरसफाइ सामग्री प्रदान
New Office

काठमाण्डौ। हालै देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्याउने उद्देश्यले युनिलिभर नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ करोड योगदान गरेको छ।

बाढीको पानी घट्दै गएसँगै प्रभावित क्षेत्रमा सुरक्षित तथा स्वस्थ वातावरण पुनःस्थापना गर्न आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले थप करिब २६ टन स्वास्थ्य तथा सरसफाइसम्बन्धी अत्यावश्यक सामग्री समेत उपलब्ध गराएको जनाएको छ। उक्त सामग्रीको मूल्य करिब रु. १ करोड रहेको कम्पनीले जनाएको छ।

बाढीपछि प्रदूषण तथा विभिन्न संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीले लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिन लगायतका व्यक्तिगत तथा घरायसी सरसफाइसम्बन्धी सामग्री उपलब्ध गराएको हो। यी सामग्रीले प्रभावित परिवारलाई व्यक्तिगत स्वच्छता कायम राख्न तथा वरपरको वातावरण सफा राख्न सहयोग पुग्ने कम्पनीको विश्वास छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस पहलका विषयमा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले विपद्को कठिन समयमा प्रभावित समुदायको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए

उनले नेपालले हरेक चुनौतीपूर्ण परिस्थितिमा धैर्यता र सहनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै जारी राहत प्रयासमा सहयोग पुर्‍याउन तथा प्रभावित परिवारलाई पुनःस्थापनाको यात्रामा साथ दिन कम्पनी प्रतिबद्ध रहेको बताए ।

युनिलिभर नेपालले स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित विभिन्न पहलमार्फत समुदायलाई सहयोग गर्दै आएको जनाएको छ। पछिल्लो सहयोग पनि नेपालभर सकारात्मक प्रभाव सिर्जना गर्ने आफ्नो निरन्तर प्रतिबद्धताको एक हिस्सा भएको कम्पनीको भनाइ छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.