काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयरमूल्य ५६ हजार रुपैयाँ नजिक पुगेको छ । आज कम्पनीको सेयरमूल्य ४ प्रतिशत बढ्दै प्रतिकित्ता ५५ हजार ९२० रुपैयाँ पुगेको छ । युनिलिभर नेपाल नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कारोबार हुने कम्पनीहरुमध्ये सर्वाधिक सेयरमूल्य भएको कम्पनी हो ।
आज कम्पनीले प्रतिकित्ता मूल्य ५४ हजार ५ सय रुपैयाँका साथ कारोबारको थालनी गरेको छ । कम्पनीको सेयरमूल्य २०२३ को जुलाई ३० मा प्रतिकित्ता ३६ हजार ६५० रुपैयाँ थियो ।
कम्पनीले गत जेठ १५ गते आफ्नो अधिकृत पूँजी ३० करोड रुपैयाँबाट बढाएर २ अर्ब १४ करोड रुपैयाँ पुर्याएको थियो । हाल कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ ।
मौद्रिक नीतिपछि खुलेको आजको सेयर बजारमा दुईपटक अपर सर्किट लागिसकेको छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा ३.४३ प्रतिशत अर्थात ८८.१३ प्रतिशतको उछाल आईसकेको छ । यतिबेला नेप्से २ हजार ६५६.२७ विन्दुमा रहेको छ । आज १२ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।