शुक्रबार, श्रावण २९,२०८३ 08:54:39
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:54:39
Bizshala
Global IME Bank Limited

युनिलिभर नेपालको नाफा र आम्दानी दुवै घट्यो

Prabhu Bank Limited
युनिलिभर नेपालको नाफा र आम्दानी दुवै घट्यो
New Office

काठमाण्डौ । बहु राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी दुवै घटेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५२ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको  तुलनामा ४.६३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको पहिलो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

यस्तै कम्पनीको आम्दानी पनि ३.०५ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ अर्ब ३५ करोड आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने २ अर्ब २८ करोड मात्रै आम्दानी गरेको छ ।

CG Motors

कम्पनीको कुल खर्च पनि २.५१ प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म १ अर्ब ६७ करोड रुपैयाँ रहेको कम्पनीको खर्च घटेर १ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ ।  

कम्पनीको रिटेन्ट अर्निङ ९.५४ प्रतिशतले बढेको छ । रिटेन्ड अर्निङको आकार ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको)२०९६ रुपैयाँ, प्रतिसेयर  नेटवर्थ ५ हजार ८३६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ५ हजार ८३६ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X