काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी सामान्य बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १३.४९ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै कम्पनीको कुल आम्दानी पनि ३.०१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ अर्ब ९२ करोड कुल आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने १ अर्ब ९८ करोड मात्रै आम्दानी गरेको छ ।
यो अवधिमा कम्पनीको कुल खर्च घटेको छ । कम्पनीको कुल खर्च १.०९ प्रतिशतले घट्दै १ अर्ब ३९ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च १ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको रिटेन्ट अर्निङ १०.५७ प्रतिशतले बढेको छ । यससँगै रिटेन्ड अर्निङको आकार ४ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको)२०७९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४ हजार ६४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.६० गुणा र तरलता अनुापत १.८३ प्रतिशत कायम भएको छ ।