बुधबार, माघ २३,२०८१ 11:35:58
IME remit
  • बुधबार, माघ २३,२०८१ 11:35:58
IME remit
Global IME Bank Limited

युनिलिभर नेपालको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह

Hyundai Nepal
युनिलिभर नेपालको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडको सेयर अभौतिकिकरण गरी बैंक खाता अद्यावधिक गर्न आग्रह गरिएको छ । कम्पनीको सेयर रजिष्ट्रार एलएस क्यापिटलले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । गत वर्षजस्तै यस वर्ष पनि कम्पनीको लाभांश सेयरधनीहरूको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम (आईपीएस) मार्फत सिधै रकम भुक्तानी गर्ने भएको हुँदा क्यापिटलले यस्तो आग्रह गरेको हो ।  

क्यापिटलले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोलीसकेका सेयरधनीलाई, आफ्नो हितग्राही खातामा बैंक खाता उल्लेख गरी अद्यावधिक गर्न आग्रह गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

कम्पनीले हालसम्म आफ्नो नाममा भौतिक रूपमा सेयर धारण गरेका सेयरधनिहरूले आफ्नो हितग्राही खाता खोली आफ्नो सेयर अभौतिकीकरण गराउन समेत आग्रह गरेको छ । सेयरधनीहरूले सेयर अभौतिकीकरण गरी हितग्राही खाता खोले पश्चात मात्र लाभांश रकम प्राप्त हुने हुँदा हितग्राही खाता नभएका सेयरधनीहरूले कमलपोखरीमा रहेको सेयर रजिष्ट्रार लक्ष्मी सनराईज क्यापिटल वा अन्य कुनैपनि निक्षेप सदस्यमा हितग्राही खाता खोल्न सक्नेछन् ।  

साथै प्रत्यक सेयरधनीहरुलाई आफ्नो प्यान, नाम, मोबाइल नम्बर, हालको ठेगाना र इमेल आईडी आफ्नो हितग्राही खातामा अद्यावधिक गर्न आग्रह गरिएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.