काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सप्तरी राजविराजस्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ घर धुरी अग्नि पिडितहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत गत वैशाख १८ गते भएको आगलागी बाट पिडित परिवारलाई उक्त सहयोग गरेको हो ।
घर जलेर घरबारविहीन भएका परिवारहरुलाई सानै भएपनि सहयोग गर्न पाँउदा पिडितहरुको दिनचर्यामा केही दिनको लागी भएपनि सहजता आउने विश्वास बैंकले लिएको छ ।
पीडितहरुलाई राहत वितरण कार्यक्रममा बैंकका मधेस प्रदेश प्रमुख, क्लस्टर प्रमुख, राजविराज शाखाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरु तथा टोलका समाजसेवी बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो । वितरण गरिएको खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, तेल, सोयाबिन र अन्य लत्ता कपडाहरूमा पाल, सारी तथा गम्छा रहेको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशका ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।